बुद्धभूमिमा श्री पुल्चोक कृषि सहकारीद्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै, दुई सयभन्दा बढीले रक्तदान गर्ने अपेक्षा
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १६ कार्तिक २०८३, आईतवार
श्री पुल्चोक कृषि सहकारी संस्था लिमिटेड, बुद्धभूमि नगरपालिका–९, इमिलियाको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ कार्तिक १८ गते आफ्नै कार्यालय परिसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा करिब दुई सयभन्दा बढी रक्तदाताले रक्तदान गर्ने अपेक्षा गरिएको आयोजक संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीले जानकारी दिनुभयो।
रक्तसञ्चार केन्द्र बुटवल, रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुर्याउनु रहेको अध्यक्ष अधिकारीले बताउनुभयो।
दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण बिरामीलाई जुनसुकै समयमा रगतको आवश्यकता पर्न सक्ने भएकाले रक्तदानलाई महत्त्वपूर्ण मानवीय सेवाका रूपमा लिइन्छ। यही मानवीय भावनालाई आत्मसात् गर्दै श्री पुल्चोक कृषि सहकारी संस्थाले हरेक वर्षझैँ यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।
रक्तदानले कसैको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कार्यक्रममा उत्साहजनक सहभागिता रहने आयोजकको अपेक्षा छ। साथै, संस्थाले सम्पूर्ण सामाजिक व्यक्तित्व, युवा, बुद्धिजीवी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ।
थप समाचार
२१ कार्तिक २०८३, शुक्रबार
बनेपा: बनेपाकी ५३ वर्षीया प्रमिला जोशी धुलिखेल अस्पतालमा शल्...
२० कार्तिक २०८३, बिहीबार
खोटाङमा बिरालोको टोकाइबाट रेबिज संक्रमण भई एक महिलाको मृत्यु
१९ कार्तिक २०८३, बुधबार
उज्यालो, फूल र देउसी-भैलोसँगै नेपालीहरूको दोस्रो ठूलो चाड ति...
१८ कार्तिक २०८३, मंगलवार
सरकारले आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जु...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२२ आश्विन २०८३, बिहीबार
नाना पाटेकरको 'कार्डियाक अरेस्ट'बाट निधन, के हो यो स्वास्थ्य...
२० आश्विन २०८३, मंगलवार
सल्यानमा फैलियो स्क्रब टाइफस, सोमबार एकै दिन ५६ संक्रमित थपि...
१६ आश्विन २०८३, शुक्रबार
सल्यानमा स्क्रब टाइफसले ९ को मृत्यु; बच्न पूरा कपडा र किटनाश...