logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

राजनिति

विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक: मुख्यमन्त्री आचार्य।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, पूर्वतयारी तथा प्राथमिकताका साथ लगानी आवश्यक रहेको बताउनुभएको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १४ कार्तिक २०८३, शुक्रबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताउनुभएको छ। अर्घाखाँचीमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर लगानी बढाउनुपर्नेमा जोड दिए।

विपद्‌बाट हुने मानवीय र भौतिक क्षति घटाउन योजनाहरूको प्रभावकारी कार्यान्वयन तथा कानुनी, संस्थागत र व्यावहारिक सुधार हुनुपर्ने उनको भनाइ थियो। मुख्यमन्त्री आचार्यले योजना फरफारक गर्नुअघि जिल्ला समन्वय समिति र स्थानीय तहबाट अनिवार्य अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै अनुगमन प्रणाली सुदृढ बनाउन कानुन संशोधन गरिएको समेत स्पष्ट पारे।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।