logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

राजनिति

चितवन: रास्वपा सभापति रवि लामिछानेले नारायणी नदी कटान नियन्त्रण गर्न दीर्घकालीन योजना बनाइने बताए।

रास्वपा सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार, नागरिकको ज्यान र व्यवसायीको सम्पत्ति जोगाउनु प्रमुख प्राथमिकता रहेको बताए। उनले नारायणी किनारको निरीक्षणपछि सरोकारवालासँग छलफल गर्दै यसका लागि तत्काल र दीर्घकालीन योजना बनाइने स्पष्ट पारे।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

रास्वपा सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार, नागरिकको ज्यान, इतिहास र व्यवसायीको सम्पत्ति जोगाउनु प्रमुख प्राथमिकता रहेको बताएका छन्। नदी किनारको अनुगमनपछि उद्योग वाणिज्य संघ चितवनमा आयोजित छलफलमा उनले बजार जोगाउन बजेटभन्दा जनताको सुरक्षा पहिलो प्राथमिकता हुने स्पष्ट पारे।

जोखिमको अध्ययनका लागि टोली परिचालन भइसकेको र आवश्यकता परे भविष्यमा बजार स्थानान्तरणका लागि सरोकारवाला एकमत हुनुपर्ने उनको भनाइ छ। लामिछानेले चितवनसहित कर्णाली, सुदूरपश्चिम र मधेसका बाढी प्रभावित क्षेत्रलाई आवश्यकताका आधारमा राज्यले सम्बोधन गर्नुपर्ने बताए। प्राविधिक अध्ययन पूरा भएपछि योजनाका लागि स्रोत सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले संघलाई धन्यवाद दिए। संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले कटानको दीर्घकालीन समाधान खोज्न आग्रह गरेका थिए।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।