logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

विविध

गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै दानबहादुर कार्कीद्वारा सर्वोच्च अदालतमा रिट दर्ता।

आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ। बिहीबार पेश गरिएको उक्त रिट शुक्रबार औपचारिक रूपमा दर्ता भएको हो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

काठमाडौं: आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता भएको छ। बिहीबार वकिलहरूमार्फत पेश गरिएको उक्त रिट अध्ययनको क्रममा रहेकाले शुक्रबार मात्रै औपचारिक रूपमा दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

रिट दर्ता भएसँगै अब नियमानुसार सुनुवाइका लागि पेशी तोकिनेछ। सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। तर, कार्कीले भने मन्त्रिपरिषद्को निर्णय सम्बन्धी पत्र अहिलेसम्म बुझेका छैनन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।