logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

विविध

धनकुटा: देवनटारबाट जुवातास खेलिरहेको आरोपमा प्रहरीद्वारा नौ जना पक्राउ।

धनकुटा: धनकुटा नगरपालिका–५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी नौ जनालाई नियन्त्रणमा लिएको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

 धनकुटा नगरपालिका-५ देवनटारमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी नौ जनालाई पक्राउ गरेको छ। मेनकुमारी लिम्बुको घरमा कौडा तथा तास खेल भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले नगद २४ हजार ५ सय रुपैयाँ र एक बुक खुला तास बरामद गरेको छ। प्रहरीले बरामद नगद, ताससहित नौै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर कानुनबमोजिम थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।