logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

खेलकुद

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर एनपीएल खेल्न काठमाडौं आइपुगेका छन्।

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। काठमाण्डु गोर्खाजमा अनुबन्धित वार्नरले आज कर्णाली याक्सविरुद्धको खेल खेल्ने सम्भावना रहेको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १७ कार्तिक २०८३, सोमबार

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन्। काठमाण्डु गोर्खाजमा अनुबन्धित ३९ वर्षीय वार्नर आइतबार साँझ नेपाल ओर्लिएका हुन्। एनपीएल खेल्न पाउँदा निकै उत्साहित रहेका उनी टोलीले कर्णाली याक्ससँग खेल्ने आजको खेलमा उपलब्ध हुने सम्भावना छ। अन्तर्राष्ट्रिय क्रिकेटमा १८ हजार ९९५ रन बनाउनुका साथै तीनवटै फर्म्याटमा शतक प्रहार गरेका उनी नेपाल आउने अहिलेसम्मकै ठूला विदेशी खेलाडी हुन्। पहिलो खेलमा पराजित भएको काठमाण्डु गोर्खाजलाई विश्वविख्यात ब्याटर वार्नरको आगमनले ठूलो राहत मिलेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।