logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

खेलकुद

भारतीय ब्याटर केएस भरत एनपीएल खेल्न काठमाडौँ गोर्खाजमा नआउने भएका छन्।

भारतीय विकेटकिपर ब्याटर केएस भरत व्यस्तताका कारण यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौँ गोर्खाजमा नआउने भएका छन्।काठमाडौँ गोर्खाजले सामाजिक सञ्जालमार्फत यो जानकारी गराएको हो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १९ कार्तिक २०८३, बुधबार

भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन खेल्न काठमाडौँ गोर्खाजमा नआउने भएका छन्। काठमान्डु गोर्खाजले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यस्तताका कारण यस सिजनमा भरत टोलीमा आबद्ध हुन नसक्ने जानकारी दिएको हो।

काठमाडौं गोर्खाजले गत भदौमा उनलाई अनुबन्ध गरेको घोषणा गरेको थियो। ३२ वर्षीय भरत भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका र सन् २०२४ को आईपीएल उपाधि विजेता कोलकाता नाइट राइडर्स टोलीका सदस्य हुन्। टी-२० क्रिकेटमा १ हजार ८ सयभन्दा बढी रन बनाएका भरत विकेटकिपिङसँगै उपयोगी ब्याटिङका लागि चिनिन्छन्। उनको अनुपस्थिति पछि टोलीले उनको उज्ज्वल भविष्यको कामना गरेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।