विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार खोसियो
-
भक्तिराम घिमिरे
अर्घाखाँची | २४ बैशाख २०८२, बुधबार
अर्घाखाँची शितगंगा नगरपालिका–१२ दमारेमा रहेको श्री बाल ज्योति आधारभूत विद्यालयलाई स्थानीय सरकारद्वारा विद्यालय समायोजनको नाममा खारेज गरिएपछि स्थानीय अभिभावक र सर्वसाधारणमा तीव्र आक्रोश उत्पन्न भएको छ।
विद्यार्थी संख्या ८ जना रहेको यस विद्यालयमा अहिले पनि पढाइ नियमित रुपमा भैरहेको अवस्थामा, पछिल्लो समय बसाइँसराइ बढेको भन्दै विद्यालय समायोजनको नाममा विद्यालयको अस्तित्व नै मेटाइँदा साना बालबालिकाको पढ्न पाउने संवैधानिक अधिकारमाथि प्रत्यक्ष हमला भएको स्थानीय अभिभावकहरूको आरोप छ। “सरकार आफैले गाउँ छोड्न बाध्य बनायो”, एक जना अभिभावकले आँशु झार्दै भन्नुभयो, “बर्खायाममा तीन घण्टा टाढाको विद्यालय जानु पर्ने बाध्यता छ, यसरी हामी कसरी बालबालिकाको भविष्य बनाउने?” उहाँको स्वर पीडाले भरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनाखर घिमिरेले विद्यालय हटाएर स्थानीयलाई बसाइँसराइ गर्न बाध्य पारिएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारले गाउँलाई शिक्षाबिहीन बनाउँदैछ। यसले गर्दा गाउँ रित्तिने खतरा बढेको छ।” अभिभावकहरुको माग छ — या त विद्यालय फिर्ता गरियोस, नत्र जे सुकै गर्नुहोस् तपाईहरु हाम्रो जनता होइन भन्नुहोस् भन्दै स्थानियहरुले गुनासो गरेकाछन् ।
बच्चाहरु लिएर नगरपालिका धाउदा नगर प्रमुख छविलाल पौडेल, उप प्रमुख गिता भाट र शिक्षा अधिकृतले गैरजिम्मेवार जवाफ दिदै कार्यपालिकाले गरेको निर्णय अब फर्काउन नसकिने जवाफ दिएको भन्दै अभिभावकहरुले दुख व्यक्त गरे ।
बच्चाहरु लिएर नगरपालिका धाउदा नगर प्रमुख छविलाल पौडेल, उप प्रमुख गिता भाट र शिक्षा अधिकृतले गैरजिम्मेवार जवाफ दिदै कार्यपालिकाले गरेको निर्णय अब फर्काउन नसकिने जवाफ दिएको भन्दै अभिभावकहरुले दुख व्यक्त गरे ।

थप समाचार
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१८ जेष्ठ २०८३, सोमबार
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
२७ बैशाख २०८३, आईतवार
शिक्षकको क्षमता विकासमा आदर्श इङ्लिस बोडिङ स्कुलको तालिम
१ चैत्र २०८२, आईतवार
आदर्श इङ्लिस बोडिङ स्कुलद्वारा एसईई परीक्षार्थीलाई शुभकामना...
२८ कार्तिक २०८२, बिहीबार
एआई आविष्कारमा चीन अग्रणी, अमेरिका पछाडि
२६ कार्तिक २०८२, मंगलवार
नेपालमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना
२२ कार्तिक २०८२, शुक्रबार
### EPS कोरिया प्रणालीमार्फत रोजगारी निष्पक्ष र भरपर्दो, झूट...
१५ असार २०८२, आईतवार
शीर्षक: यस वर्षको एसईई नतिजामा देशभर सुधार, धेरै जिल्लामा उत...