बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७५ रुपैयाँ सहयोग
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १८ भाद्र २०८३, बिहीबार
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, इमिलियास्थित श्री आदर्श इङ्लिस बोर्डिङ स्कुलले भोटेकोशीमा गएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ४२ हजार ४७५ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यालयको तर्फबाट संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।
बाढीपीडितका लागि सहयोग रकम जुटाउन विद्यार्थीहरूले समेत उत्साहपूर्वक सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफ्नो खाजाको रकमसमेत कटाएर सहयोग गरेका थिए। शिक्षक तथा विद्यालयको तर्फबाट समेत सहयोग थप गरी कुल बयालिस हजार चार सय पचहत्तर रुपैयाँ संकलन गरिएको विद्यालयका प्रबन्ध निर्देशक कृष्ण भट्टराईले जानकारी दिनुभयो।
विपद्को समयमा पीडितलाई सहयोग गर्नु सामाजिक दायित्व भएकाले विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको संयुक्त प्रयासमा उक्त रकम सहयोग गरिएको भट्टराईले बताउनुभयो।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
१४ भाद्र २०८३, आईतवार
सप्तकोशी नदीमा जलसतह बढ्दो, कोशी ब्यारेजका २२ ढोका खोलिए
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक