logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विविध

जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्‍यो सत्ता परिवर्तन

शासकीय अव्यवस्था, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाले गरेको दुईदिने विद्रोहले दशकौँदेखि सत्ता चलाउँदै आएका दल र नेताहरूलाई विस्थापित गर्‍यो। नेपालको राजनीतिक इतिहासमा यो आन्दोलन अभूतपूर्व मानिएको छ।

फाइल तस्बिर

बिनिता परियार

नेपाल | २३ भाद्र २०८३, मंगलवार

शासकीय अव्यवस्था, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाले गरेको दुईदिने विद्रोह नेपालको राजनीतिक इतिहासमै अभूतपूर्व बन्यो। वर्षौंदेखि शासनमा रहेका दल र नेताहरूलाई एकैपटक सत्ताबाट हटाउने आन्दोलनले नेतातन्त्रविरुद्ध व्यापक जनआक्रोश देखायो। आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनबीचको हिंसात्मक झडपमा ७६ जना निहत्था नागरिकको ज्यान गयो भने सयौं घाइते भए। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा राष्ट्रपति कार्यालयका मुख्य भवनमा आगजनी र तोडफोड भयो। प्रहरी चौकीमा आगो लगाइयो, हतियार र बर्दी खोसिए तथा नेताहरूका घरमा पनि आक्रमण भयो। गोली प्रहार, जलेका एम्बुलेन्स र उद्धारमा देखिएको अवरोधले केही समय राज्यविहीनताजस्तो भयावह अवस्था सिर्जना भयो। इतिहासमा विरलै देखिएको यस घटनाका महत्वपूर्ण दृश्यहरू क्यामेरामा कैद भएका छन्। यो आन्दोलनले देशको राजनीतिक शक्ति सन्तुलन नै बदलिदियो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।