बाढीपीडितका लागि बुद्धभूमिका विद्यार्थीले जुटाए राहत रकम
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १५ भाद्र २०८३, सोमबार
बुद्धभूमि नगरपालिका–९, इमिलियास्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरूले केही दिनअघि भोटेकोसीमा आएको बाढीबाट प्रभावित तथा मृतकका परिवारलाई सहयोग गर्ने उद्देश्यले राहत रकम संकलन गरेका छन्।
विद्यार्थीहरूले विद्यालय समयभरि ‘भोटेकोसी बाढीपीडित परिवारका लागि राहत संकलन कार्यक्रम’ लेखिएको कार्टुन राखेर अभियान सञ्चालन गरेका थिए। अभियानका क्रममा बजारका व्यापारी तथा विभिन्न व्यक्तिहरूबाट १०, २०, ५०, १०० रुपैयाँलगायत स्वेच्छिक सहयोग संकलन गरिएको थियो।
विद्यार्थीहरूले दिनभरि संकलन गरेको रकम जम्मा १० हजार रुपैयाँ पुगेपछि उक्त रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएका छन्।
रकम संकलन तथा जम्मा गराउने विद्यार्थीहरूमा मुना पुन मगर, सुजल परियार, शिवम सुनार, अमृत सुनार, राधा चौहान, सुनिता चौहान र अमन परियार रहेका छन्।
देशभर विभिन्न स्थानबाट बाढी तथा प्राकृतिक विपद्का पीडितका लागि राहत संकलन भइरहेका बेला विद्यालयका विद्यार्थीहरूले समेत आफ्नो क्षमता र हैसियतअनुसार अभियान सञ्चालन गरी पीडित परिवारलाई सहयोग गर्नु सराहनीय कार्य भएको स्थानीयहरूले बताएका छन्।
विद्यार्थीहरूको यस अभियानले विपद्को समयमा सहयोगी भावना, आपसी सद्भाव, सहकार्य र सामाजिक जिम्मेवारीको भावना विकास गर्नसमेत महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। सानै उमेरदेखि यस्ता सामाजिक तथा मानवीय कार्यमा सहभागी हुँदा विद्यार्थीहरूले व्यवहारिक ज्ञान र मानवीय संवेदनासमेत हासिल गर्ने अवसर पाएका छन्।
विद्यार्थीहरूले गरेको यो प्रयासले ‘सानो सहयोगले पनि विपद्मा परेका परिवारका लागि ठूलो अर्थ राख्न सक्छ’ भन्ने सन्देश दिएको छ।
थप समाचार
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीमा बेपत्ता १ हजार २५२ जनाको शव फेला परेको छ
१४ भाद्र २०८३, आईतवार
माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास तीव्र, ब्ला...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...