थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक
२३ भदौ, काठमाडौं । गोरखाको थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएको हो। पुल बगेपछि मनास्लु र लार्केपास पदमार्गमा आवतजावत जोखिमपूर्ण भएकाले जिल्ला प्रशासनले तत्काल पदयात्रा नगर्न आग्रह गरेको हो।
सपना न्यौपाने
काठमाडौँ | २३ भाद्र २०८३, मंगलवार
२३ भदौ, काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका–४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएपछि मनास्लु र लार्केपास पदमार्ग जोखिमपूर्ण बनेका छन्। जिल्ला प्रशासन कार्यालय गोरखाले अर्को सूचना जारी नभएसम्म पदमार्गमा पदयात्रा नगर्न नगराउन आग्रह गरेको छ। प्रशासनका अनुसार २१ भदौ बिहान करिब साढे ३ बजे आएको बाढीले चुमनुब्री–४ र वडा नं. २ जोड्ने फलामे पुल तथा नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको हो। पुल बगेपछि आवागमन प्रभावित हुनुका साथै पदमार्गमा यात्रा जोखिमपूर्ण बनेको प्रशासनले जनाएको छ। पदयात्री, पर्यटन व्यवसायी र पथप्रदर्शकलाई प्रशासनको सूचनाको पालना गर्न आग्रह गरिएको छ। विपद् वा असामान्य अवस्था देखिए नजिकको सुरक्षा निकाय, प्रहरी चौकी वा स्थानीय तहमा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।
थप समाचार
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
१९ भाद्र २०८३, शुक्रबार
भोटेकोशी बाढीः एक हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ता
१८ भाद्र २०८३, बिहीबार
रसुवा बाढीमा बेपत्ता १ हजार २५२ जनाको शव फेला परेको छ
१५ भाद्र २०८३, सोमबार
बाढीपीडितका लागि बुद्धभूमिका विद्यार्थीले जुटाए राहत रकम
१४ भाद्र २०८३, आईतवार
माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास तीव्र, ब्ला...
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
२२ भाद्र २०८३, सोमबार
बाढी प्रभावित रसुवामा अधिकांश क्षेत्रमा वर्ल्डलिंकको इन्टरने...