बुद्धभुमिको फुलकली माध्यमिक विद्यालयमा प्रधानाध्यापक र समितिको गम्भीर लापरबाही
विद्यार्थीहरु सँग विभिन्न शिर्षकमा रसिदमा मिति र शिर्षक नखुलाइ हजार देखि १२ सय सम्म असुल्ने गरेको तथ्य बाहिर आएको छ ।
भक्तिराम घिमिरे
कपिलवस्तु | ६ श्रावण २०८०, शनिबार
कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका ७ डेरवा स्थित श्री फुलकली माविका प्रधानाध्यापक र व्यवस्थापन समितिले विद्यार्थीको भविश्य माथी गम्भीर खेलवाड गरेको छ ।
कक्षा १० सम्म पढाई हुने फुलकली माविका प्रअ चन्द्र राम यादव र व्यवस्थापन समिति अध्यक्ष शुरेस कुर्मीको लापरबाहीका कारण विद्यालय अस्तव्यस्त भएको पाइएको छ ।
अहिले चलिरहेको प्रथम परिक्षामा प्रश्नपत्र नबनाई सेतो पाटीमा २/४ वटा प्रश्न मात्र टिपाउने र सबैलाई एकै ठाँउमा राखेर परिक्षा गराइ अव्यवस्थित परीक्षा प्रणालीले विद्यार्थीहरुको भविष्य माथि खेलवाड र लापरबाही गरेको पाइएको छ ।
त्यति मात्र नभई प्रअ यादवले विद्यार्थीहरु सँग विभिन्न शिर्षकमा रसिदमा मिति र शिर्षक नखुलाइ हजार देखि १२ सय सम्म असुल्ने गरेको तथ्य बाहिर आएको छ ।
स्थानियका अनुसार प्रअ र अध्यक्ष मिलेर सरकारबाट आउने मसलन्द खर्च समेत आफैहरुले खाने गरेको गुनासो छ ।
जबसम्म सम्बन्धित निकायले लापरबाही गर्ने प्रअ, शिक्षक र व्यवस्थापन प्रति नियमित नियमन गर्दैन तबसम्म विद्यालयको शैक्षिक स्तर सुधार हुन नसक्ने र विद्यार्थी संख्या समेत नबढ्ने स्थानियहरुको भनाई छ । पछिल्लो समयमा शिक्षकहरू विद्यालयमा पढाउनेभन्दा राजनीति गर्न मै व्यस्त देखिने गरेको स्थानियहरुको आरोप रहेको छ ।
थप समाचार
११ जेष्ठ २०८३, सोमबार
तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण ह...
२ आश्विन २०८२, बिहीबार
२०७५/७६ को पहिलो दुई महिनामा १५७ अर्ब राजस्व संकलन
५ भाद्र २०८२, बिहीबार
रुपन्देहीमा ६ अर्ब लागतमा आधुनिक इन्धन डिपो निर्माण हुने
१२ असार २०८२, बिहीबार
ट्रम्पको नयाँ रक्षा बजेट: सेनालाई बढुवा, तर नौसेना कटौती
१४ चैत्र २०८१, शुक्रबार
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे अर्थ मन्त्रालयका छलफलह...
२ चैत्र २०८१, आईतवार
सार्वजनिक आवास व्यवसायबाट सरकारको रु ४.१२ अर्ब राजस्व संकलन
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला