logo of PMS News Nepal

PMS News Nepal

१३ बैशाख २०८३, आईतवार

26 Apr 2026, Sunday

राजनिति

कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ७ माघ २०८२, मंगलवार

कपिलवस्तु–२ मा हुने आगामी निर्वाचन चार प्रभावशाली उम्मेदवारबीचको कडा रस्साकस्सीमा परिणत हुँदै गएको छ। नेपाली काङ्रेसका तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र राज आचार्य यसपटक पनि बलियो दाबेदारका रूपमा मैदानमा छन्। यसअघि सम्पन्न निर्वाचनमा उनले नेकपा एमालेका वृजेश कुमार गुप्तालाई पराजित गर्दै विजय हासिल गरेका थिए। सोही जितपछि आचार्य मन्त्रीसमेत बनिसकेका अनुभवी नेता हुन्।

यस निर्वाचनमा आचार्यको सामना तीन जना चर्चित र प्रभावशाली प्रतिस्पर्धीसँग हुँदैछ। नेकपा एमालेबाट उम्मेदवार बनेका दिर्घ नारायण पाण्डे पूर्व राष्ट्रिय सभा सदस्यसमेत हुन्। लामो समयदेखि संसदीय र पार्टी राजनीतिमा सक्रिय पाण्डे एमालेको संगठित मताधारमा भरोसा गर्दै मैदानमा उत्रिएका छन्।

त्यस्तै, नेकपाबाट उम्मेदवार बनेका वृजेश कुमार गुप्ता पनि पूर्व मन्त्री हुन्। यसअघि एमालेबाट चुनाव लडेका गुप्ता यसपटक पार्टी परिवर्तन गरेर प्रतिस्पर्धामा उत्रिएका छन्। उनी एमालेबाट नेकपामा गएपछि पाण्डेको मत काट्न सक्ने सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका बिक्रम थापा पनि कम चासोका पात्र छैनन्। पूर्व एसएसपी रहेका थापा अघिल्लो निर्वाचनमा नेपाली काङ्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार थिए। झिनो मतले पराजित भएका उनी पछि काङ्रेसबाट अलग हुँदै रास्वपामा प्रवेश गरेका हुन्। थापाले काङ्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यको मतमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

यसरी काङ्रेस, एमाले, नेकपा र रास्वपाका चार दिग्गज उम्मेदवारबीचको प्रतिस्पर्धाले कपिलवस्तु–२ को चुनावलाई अत्यन्त रोचक बनाएको छ। एकअर्काको मत काट्ने सम्भावना, विगतको चुनावी इतिहास र उम्मेदवारहरूको राजनीतिक तथा प्रशासनिक अनुभवका कारण अन्तिम नतिजासम्म कसको पलडा भारी पर्छ भन्ने विषयमा चासो बढ्दै गएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।