वैशाख २६ मा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघको अधिवेशन हुने
-
भक्तिराम घिमिरे
कपिलवस्तु | २० बैशाख २०८३, आईतवार
कपिलवस्तु, — होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्य समिति कपिलवस्तुले यही वैशाख २६ गते चौथो अधिवेशन तथा सातौं साधारण सभा आयोजना गर्ने भएको छ। संघले जारी गरेको सूचनाअनुसार उक्त कार्यक्रम बुद्धभुमि नगरपालिका २ बडहरामा रहेको लुम्बिनी ढावामा हुने जनाइएको छ।
संघले सम्पूर्ण सदस्य व्यवसायीहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ। अधिवेशनमार्फत संगठनको वर्तमान गतिविधिको समीक्षा, भावी योजना निर्माण तथा नयाँ नेतृत्व चयनलगायत महत्वपूर्ण निर्णयहरू गरिने अपेक्षा गरिएको छ।
यसैबीच, संघले सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई आफ्नो व्यवसाय दर्ता तथा नविकरण कार्य समयमै गर्न विशेष आग्रह समेत गरेको छ। व्यवसाय दर्ता र नविकरण समयमै नगर्दा कानुनी जटिलता आउन सक्ने भन्दै संघले जिम्मेवार बन्न सबैलाई अनुरोध गरेको हो।
संघका महासचिव पदम ढकाल र कोषाध्यक्ष लक्षमण न्यौपानेका अनुसार व्यवसायलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन समयमै नविकरण गर्नु आवश्यक रहेकोले सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
अधिवेशनलाई सफल बनाउन सबै सदस्य तथा सरोकारवालाहरूको सक्रिय सहभागिता आवश्यक रहेको संघले जनाएको छ।
थप समाचार
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१८ जेष्ठ २०८३, सोमबार
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
२ जेष्ठ २०८३, शनिबार
बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
१८ जेष्ठ २०८३, सोमबार
महाकालीमा बेपत्ता सशस्त्र प्रहरी जवानसहित दुई जनाको शव फेला
१४ जेष्ठ २०८३, बिहीबार
झापाको बाह्रदशीमा शक्तिशाली हावाहुरीका कारण करोडौँको केरा खे...