logo of PMS News Nepal

PMS News Nepal

२७ कार्तिक २०८३, बिहीबार

12 Nov 2026, Thursday

विविध

उत्तराखण्डबाट उडेको हेलिकप्टर खराब मौसमका कारण जोशीमठ नजिकै दुर्घटनाग्रस्त भएको छ।

उत्तराखण्डको बद्रीनाथबाट देहरादुनका लागि उडेको ट्रान्स भारत एभिएसनको हेलिकप्टर खराब मौसमका कारण जोशीमठनजिकै दुर्घटनाग्रस्त भएको छ। उक्त हेलिकप्टरमा ५ तीर्थयात्री र १ पाइलट गरी कुल ६ जना सवार थिए।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १४ कार्तिक २०८३, शुक्रबार

उत्तराखण्डको बद्रीनाथ धामबाट देहरादुनका लागि उडेको ट्रान्स भारत एभिएसनको हेलिकप्टर खराब मौसमका कारण जोशीमठनजिकै दुर्घटनाग्रस्त भएको छ। उक्त हेलिकप्टरमा ५ तीर्थयात्री र १ पाइलट गरी कुल ६ जना सवार थिए।

दिउँसो उडान भरेको सो हेलिकप्टरसँग जोशीमठ उपत्यकाको आकाशमा सम्पर्क टुटेको थियो। स्थानीयले जङ्गलमा आगो लागेको सूचना दिएपछि मुख्यमन्त्री पुष्करसिंह धामी र सेनाले दुर्घटनाको पुष्टि गरेका छन्। दुर्घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल, प्रहरी र जिल्ला प्रशासनको टोली परिचालन गरी उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ। मौसम खराब भएकाले त्यस क्षेत्रको हेलिकप्टर सेवा स्थगित गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।