लागूऔषधसहित १५ जना पक्राउ
नियमित गस्तीमा खटिएको प्रहरीले काठमाडौँ, मोरङ र झापाका विभिन्न स्थानबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित १५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उमेश मुखिया, घनश्याम बस्नेत र सुवास राजवंशी छन्।
PMS NEWS NEPAL
झापा | ४ भाद्र २०८३, बिहीबार
नियमित गस्तीमा खटिएको प्रहरीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको तारकेश्वर–७ मनमैजुबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित ३६ वर्षीय उमेश मुखिया पक्राउ परेका छन्। मोरङबाट घनश्याम बस्नेत र झापाबाट सुवास राजवंशी पनि सोही प्रकृतिको पदार्थसहित पक्राउ परेका छन्। सुनसरीको इटहरीबाट चार, दाङको तुलसीपुरबाट दुई र लमहीबाट एक जना पक्राउ परेका छन्। कपिलवस्तुको कृष्णनगरबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तथा नगदसहित अर्जुन सुनारसहित तीन जना पक्राउ परेका छन्। भक्तपुरबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलसहित सुरज लुइटेल र विदुर कार्की पक्राउ परेको प्रहरीले जनाएको छ।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
२५ भाद्र २०८३, बिहीबार
डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्...
११ भाद्र २०८३, बिहीबार
अपाङ्गता भएका नागरिकलाई कार्यालयमा होइन, सेवा उनीहरूको घरदैल...
५ भाद्र २०८३, शुक्रबार
जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला
४ भाद्र २०८३, बिहीबार
इमिलियामा फेमिली डेन्टल केयर सेन्टरको शाखा सञ्चालन
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
१८ चैत्र २०८२, बुधबार
पत्थरकोटमा एम्बुलेन्स ल्याउने अमरदिपको योजना