logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

स्वास्थ्य

जापानमा २५ वर्षीया नेपाली युवती नदीमा मृत फेला

फुकुओकाको नाकागावा नदीमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशी मृत भेटिएकी छन्। भद्रपुरकी उनको टाउकोमा चोट देखिएको थियो। प्रहरीले दुर्घटना नभई हत्या भएको आशंका गर्दै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

फाइल तस्बिर

PMS NEWS NEPAL

जापान | ५ भाद्र २०८३, शुक्रबार

जापानको फुकुओका सहरस्थित नाकागावा नदीमा अगस्ट १९ (भदौ ३) मा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको शव भेटिएको छ। झापाको भद्रपुर–७, अन्जनी मोडकी लक्ष्मी नदीमा घोप्टो परेको अवस्थामा भेटिएकी थिइन्। उनको अनुहार र टाउकोमा चोट देखिएको थियो भने उनी टी–सर्ट र छोटो पाइन्टमा थिइन्। खुट्टामा जुत्ता थिएन। फुकुओका प्रहरीका अनुसार उनी चुओ वार्डमा बस्दै व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन्। प्रहरीले घटनालाई दुर्घटना नभई हत्या भएको निष्कर्षसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ। झापा–३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले घटनाप्रति दुःख व्यक्त गर्दै परराष्ट्र मन्त्रालय, नेपाली दूतावास र सम्बन्धित निकायमार्फत छानबिन, दोषीमाथि कारबाही तथा शव नेपाल ल्याउने प्रक्रिया सहजीकरण भइरहेको बताएका छन्। उनका अनुसार जापानी प्रहरीले घटनाबारे सूक्ष्म अनुसन्धान गर्दै पाँच जनालाई नियन्त्रणमा लिएको छ।

थप समाचार

Featured Image of the news article लागूऔषधसहित १५ जना पक्राउ

४ भाद्र २०८३, बिहीबार

लागूऔषधसहित १५ जना पक्राउ

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।