logo of PMS News Nepal

PMS News Nepal

२६ भाद्र २०८३, शुक्रबार

11 Sep 2026, Friday

विविध

डीआरसीको बुकाभुका दुई विद्यालयमा आगलागी, २४ बालबालिकाको ज्यान गयो

डीआरसीको बुकाभुस्थित दुई विद्यालयमा आगलागी हुँदा भागदौडमा परी कम्तीमा २४ बालबालिकाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार केही वयस्कको पनि ज्यान गएको छ र बाक्लो बस्ती भएकाले मृतक संख्या बढ्नसक्ने आशंका छ।

फाइल तस्बिर

बिनिता परियार

डीआरसी | २६ भाद्र २०८३, शुक्रबार

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी सहर बुकाभुका दुई विद्यालयमा भएको आगलागीमा कम्तीमा २४ बालबालिकाको मृत्यु भएको छ। बीबीसीका अनुसार आगोबाट बच्न भाग्ने क्रममा भएको भागदौडले मानवीय क्षति भएको हो। स्थानीय अधिकारीहरूले केही वयस्कको समेत मृत्यु भएको पुष्टि गरेका छन्। बाक्लो बस्ती रहेको कादूतू क्षेत्रमा आगलागी हुँदा करिब ३०० घर जलेर नष्ट भएका छन्। घाइते तथा घटनाबाट बचेका व्यक्तिहरूलाई अस्पतालमा उपचारका लागि लगिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा केही बालबालिका अचेत अवस्थामा र अन्य घाइतेहरू पीडामा देखिएका छन्। आगलागीको कारण अझै खुल्न सकेको छैन। अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। बुकाभु दक्षिण किभु प्रान्तको राजधानी हो। गत वर्ष फेब्रुअरीमा एम२३ विद्रोही समूहले सहर नियन्त्रणमा लिएको थियो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।