logo of PMS News Nepal

PMS News Nepal

२६ भाद्र २०८३, शुक्रबार

11 Sep 2026, Friday

स्वास्थ्य

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि अस्पतालले बबिता र नवजात शिशुको उपचार सुरु गरेको छ।

राजविराजकी बबिताकुमारी पासवान रकम अभावमा अस्पताल भर्ना हुन नसक्दा सडकपेटीमै सुत्केरी भइन्। सामाजिक सञ्जालमा भिडियो फैलिएपछि गजेन्द्रनारायण सिंह अस्पतालले आमा र नवजात शिशुको उद्धार गरी हाल स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार गरिरहेको छ।

फाइल तस्बिर

बिनिता परियार

राजविराज | २६ भाद्र २०८३, शुक्रबार

राजविराज-१४ पर्साहीकी ३० वर्षीया बबिताकुमारी पासवान सुत्केरी बेथा लागेपछि मंगलबार राति गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। लेबर वार्डमा जाँचपछि रगत परीक्षण गर्न ३२ सय रुपैयाँ लाग्ने भनियो। तर पासवान दम्पतीसँग दुई हजार मात्र भएकाले श्रीमान् रकम जोहो गर्न बाहिर निस्किए भने बबिता पनि उनीसँगै आइन्। पसलहरू बन्द रहेकाले रकम जुट्न सकेन र बिहान साढे ४ बजे अस्पताल नजिकैको सडकपेटीमा बबिताले छोरा जन्माइन्। सो घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि अस्पतालले आमा र नवजात शिशुको उद्धार गरी ल्याएर अहिले आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार गरिरहेको जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।