logo of PMS News Nepal

PMS News Nepal

२८ जेष्ठ २०८३, बिहीबार

11 Jun 2026, Thursday

स्वास्थ्य

सन्धिखर्क नपाको गेटमा कण्डम बक्सको स्थापना

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

अर्घाखाँची | १ फाल्गुन २०८०, मंगलवार

फागुन १ अर्थात आज अन्तरराष्ट्रिय कण्डम दिवसको अवसरमा सन्धिखर्कको शान्ति बगैंचा चोक र सन्धिखर्क नगरपालिकाको गेटमा कण्डम बक्स राखिएको छ । 

कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम बक्स राखेर मनाउन थालिएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुली जानकारीदिए ।

 प्रेम दिवसको पुर्वसन्ध्यामा सन्धिखर्क नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची, मल्लरानी सरोकार ग्रामिण विकासकेन्द्र, सन्देश सहयोग समुह र भिजिवल इमप्याक्टको संयुक्त आयोजनामा सन्धिखर्कमा कण्डम दिवस मनाइएको हो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य संयोजक पुर्ण प्रसाद पराजुली, सह संयोजक प्रकाश परियार, जिल्ला स्वास्थ्य कार्यालयका एच.आई.भि फोकल प्रसन विजय विक, जिल्ला अस्पताल बाट एआटि काउन्शिलर हरि पाण्डे, सन्देश सहयोग समुहका अध्यक्ष अर्जुन साह,सचिव किरण केसी,कार्यक्रम अधिकृत पर्वता थापा केसी, सि एच विसी, टिम लिडर सागर घिमिरे, मल्लरानी गा्रमिण परियोजनाका गिता भुसाल,भिजिवल इम्याक्टका युथ च्याम्पिीयन सागर परियार लगायत पत्रकार,कर्मचारीहरुको सहभागिता रहेको थियो ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।